पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशालाको स्तरोन्नति गरिएको हो । यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो ।

परीक्षणको दायरा फराकिलो बनाएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । यसअघि स्वास्थ्य परीक्षणका लागि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेपछि सदरमुकाम सेवाका लागि जानुपर्ने समस्या टरेको हो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकामा एक मात्र प्राथमिक स्वास्थ्य चौकी रहेकाले नागरिकको स्वास्थ्य परीक्षणको दायरा वृद्धि गरी सहज बनाएको बताए । बिरामीहरूले सदरमुकाम तानसेन धाउँदा स्वास्थ्य बीमा सिफारिशको समस्यासमेत रहेको थियो । प्रयोगशालामा परीक्षणको व्यवस्था गरेसँगै बीमाको सिफारिशको समस्या  समाधान भएको गाउँपालिका अध्यक्ष जिसीले बताए ।

 

पालिका प्रेस
थप जानकारी