हेटौंडा उपमहानगरपालिकालाई यसै आर्थिक वर्षमा बालमैत्री पालिका घोषणाको अभियानमा हेटौंडा–१७ थपिएको छ । ७ भाद्रमा ‘बालश्रममुक्त, बालबिवाहमुक्त’ वडा घोषणासँगै हेटौंडा–१७ उपमहानगरको चौथो बालमैत्री वडा भएको हो । यस अघि हेटौंडा–८, २ र ७ नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेका छन् ।

हेटौंडा–१७ मा आयोजित वडास्तरीय कार्यक्रमबीच हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले वडालाई बालमैत्री घोषणा गरेका हुन् । कार्यक्रममा नगरप्रमुख लामाले उपमहानगर बालमैत्री र युवामैत्री बनाउँने अभियानलाई अघि बढाउँदै लगेको बताइन् । यसलाई कार्यान्वयनमा लैजानका लागि पालिकाबाट कुनैपनि समस्या नहुँने प्रतिबद्धता जनाइन् । जसरी वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा स्थानीयबासीको साथ र सहयोग रहेझै यसलाई दिगो बनाउँनका लागि पनि यस्तै सहयोगको आवश्यकता रहेको बताइन् ।

बालमैत्री वडा घोषणाका लागि तोकिएका सूचक पुरा गरे नगरेको अनुगमन गरेसँगै वडालाई बालमैत्री घोषणा गरिदै आएको छ । घोषणासभा हुनुअगाबै वडाका बिभिन्न टोलविकास समूह, आमा समूह, सहकारीको टोलीले ¥याली प्रदर्शन गरेको थियो । शनिवार पाँचौं वडाको रुपमा हेटौंडा–१० नम्बर बालमैत्री घोषणा हुँदैछ ।

पालिका प्रेस
थप जानकारी