रामराजा केसी अपरिचित नाम होइन । त्यो पनि मकवानपुर थाहानगर शिखरकोटका लागि उनी झन परिचित छन् । शिखरकोटमा वर्षैपिच्छे कृष्णाष्टमीको अवसरमा हुने घैटो फुटाउने प्रतियोगिता हुन्छ । रामराजा यो प्रतियोगिताको पहिलो पुरस्कार प्रायोजन गर्ने व्यक्ति हुन् । ‘दोस्रो तेस्रो पुरस्कार कस्ले प्रायोजन गर्छ थाहा छैन, पहिलो मैले गर्ने हो’–केसी भन्छन् । मेला आयोजकले रामराजाको प्रस्ताव स्वीकार्छन् र, मेलाको बेला सँधै खबर गरिहाल्छन् ।
थाहा नगरपालिका वडा नम्बर ४ किटेनी निवासी केसी युवा उद्यमी हुन् । मेला आयोजक मध्येका शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझी भन्छन्–‘घैटो फुटाउने प्रतियोगिताको पहिलो पुरस्कारको स्थायी प्रायोजक भनेकै रामराजा दाइ हुन्, उहाँलाई सोधेपछि मात्र अरु पुरस्कारको टुङ्गो लाग्छ ।’ प्रतियोगिता शुरु भएको वि.सं. २०५४ सालबाटै पहिलो पुरस्कार उनै रामराजा केसीबाट प्रायोजन हुँदै आएको आयोजकले जानकारी दिएको छ ।

खुशी व्यक्त गर्दै केसी भन्छन्–‘सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ ।’ युवाहरुको धर्म संस्कृतीप्रतिको लगावबाट प्रभावित भएर नै सहयोग गरेको बताउँदै उनी थपछन्–‘बाँचुन्जेल मेला, पर्व, धर्म, संस्कृती प्रवद्र्धनमा निरन्तर सहयोग गरिरहन्छु ।’ प्रतियोगिताको प्रथम पुरस्कारको नगद राशी २० हजार रुपैयाँ रहेको छ ।
यस वर्षको प्रतियोगिताको दोस्रो पुरस्कार निकेशराज ढकालले प्रायोजन गरेका छन् । मिठाइ व्यवसायमा रहेका ढकालले प्रतियोगितामा दोस्रो हुने टिमलाई दिइने नगद १३ हजार रुपैयाँ प्रायोजन गरेका छन् । त्यस्तै तेस्रो पुरस्कार मुकेश मिश्रले प्रायोजन गर्ने भएका छन् । प्रतियोगितामा तेस्रो हुने टिमलाई दिइने नगद ७ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । मिश्र विशाल मोटरसाइकल वर्कसपका प्रोप्राइटर हुन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्