चितवनको इच्छाकामना गाउँपालिकाले अविवाहित एकल महिला र पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ। यस सम्बन्धमा अविवाहित रहेका एकल महिला र पुरुषको लगत संकलन कार्य बुधबारदेखि सुरु गरेको छ ।

यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यहरुको सूचि बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले निर्देशन दिएको छ। गाउँपालिकाले कार्यविधि नै बनाएर ४५ वर्ष कटेका अविवाहित एकल महिलाका साथै ६० वर्ष कटेका अविवाहित एकल पुरुष र विदुर पुरुषलाई लक्षित गर्दै सामाजिक सुरक्षा भक्ता दिन लागेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षबाटै उनीहरुलाई सामाजिक सुरक्षा भक्ता वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए । गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भक्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुन्जेल कुनै सुविधा नदिईने भएकोले उनीहरुलाई केहि सहयोग पुगोस् भन्ने हेतुले स्थानीय सरकारले भक्ताको व्यवस्था गर्न लागेको उनले बताए।

यस्तै भक्ता वितरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को निति, कार्यक्रम तथा बजेटमा १० लाख रुपैयाँको व्यवस्था गरेको थियो ।

पालिका प्रेस
थप जानकारी