मकवानपुर थाहा नगरपालिकाका कर्मचारीलाई पालिकाको उपलब्धीलाई सुरक्षित गर्दै संस्थागत गर्न नगर प्रमुख विष्णु बहादुर विष्टले निर्देशिन दिएका छन् । प्रमुख विष्टले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समीक्षा कार्यक्रमको समापन गर्दै २४ भाद्रमा यस्तो निर्देशन दिएका हुन् । विष्टले पालिकाले योजना तर्जुमा, कार्यान्वयन तथा सेवा प्रवाहमा कुनै कमजोरी भएको छ भने त्यसलाई सुधारेर अघि बढ्नुपर्ने बताए ।

रुपचन्द्र विष्टको जन्मथलो र उनकै दर्शनबाट नगरपालिकाको नामाकरण समेत भएकोले पालिका सुशासन र पारदर्शितामा सँधै अग्रसर हुनुपर्ने बताए । पालिकाले संघ तथा प्रदेश सरकारले अनुगमनका निर्माण गरेको विभिन्न टुल्सहरुलाई कार्यान्वयन गर्दै आएको बताउँदै जिल्लाकै अग्रणी पालिकाको रुपमा स्थापित गर्न जनप्रतिनीधिहरु र कर्मचारीहरु अघि बढ्नुपर्ने बताए । प्रमुखतः कार्यपालिकामा प्रतिनीधित्व गर्ने जनप्रतिनिधिहरुले वडा तथा पालिका र पालिका अन्तर्गतका संस्थाहरुबाट हुने सेवा प्रवाहकलाई थप निगरानी गरी जनमुखी सेवा दिन अग्रसर हुनुपर्ने बताए । योजना तर्जुमा तथा कार्यान्वयनमा लाभग्राहीको माग र उपस्थितीलाई गम्भिर ढंगले रुखयाल गरेर अघि बढ्नुपर्ने विष्टको भनाइ छ ।

विष्टले प्रमुख प्रशासकीय अधिकृततर्फ इङ्कित गर्दै भने–‘उहाँ यस पालिकामा आउनु भएपछि ससना कुरादेखि धेरै कुरामा सकारात्मक परिवर्तन आएको छ यसलाई संस्थागत गर्नु सबै प्रतिनीधि र कर्मचारीको दायित्व हो ।’ कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सबै शाखाका प्रमुखहरुलगायतकाको उपस्थिती रहेको थियो । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगती प्रतिवेदन समेत सार्वजनिक गरेको छ ।

पालिका प्रेस
थप जानकारी