गहुँको छ्वालीबाट कलाकार प्रकाश मिजारले बनाएका विभिन्न कलाकृति प्रदर्शन गरिएको छ । मिजारले थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा रहेको सुनौला माध्यमिक विद्यालयको भित्ताहरू आफ्नो कला २६ भाद्रमा प्रदर्शन गरेका हुन् । उनले धर्म, प्रकृति, समाज र आम मानिसको दैनिकी झल्काउने छ्वाली कला प्रदर्शन गरेका हुन् । विद्यालयमा कलाकार लिलाधर केसी र प्रकाश मिजारले सुनौला माविका विद्यार्थीहरुलाई बुझाएका थिए ।
छ्वालीबाट दुई दशकदेखि मिजारले कला सिर्जना गर्दै आइरहेका छन् । औपचारिक रूपमा उनले रङ र कुची चलाएका थिए । केही नौलो सिर्जना गर्ने हुटहुटीले छ्वाली कलातिर आकर्षित भएको उनले सुनाए । ‘सानैदेखि चित्र कोर्थें, पछि ललितकलामा क्यानभासमा नै सिर्जना गर्न थालें,’ उनले भने, ‘२०५७ सालतिर इन्टरनेसनल एक्स्पो कला प्रदर्शनीमा छ्वाली आर्ट देखेर निकै प्रभावित भएँ ।’
कला प्यासन हुनेका लागि छ्वालीले सिर्जनात्मक काममा धेरै सघाउ पु¥याउन सक्ने उनको भनाइ छ । छ्वाली, कागज, सामान्य कपडा र टाँस्ने गमको सहायताले पनि उत्कृष्ट कला प्रदर्शन गर्न सकिने उनले सुनाए । कलाकारहरुलाई थाहानगर सम्म ल्याउन थाहानगरका आर्टिस्ट तथा सुनौलाका अध्यक्ष समेत रहेका प्रमोद गोपाली समन्वय गरेका थिए ।
शिक्षाका साथै विद्यार्थीलाई कला र सिर्जना पनि जीवनको महत्वपुर्ण पक्ष भन्ने उत्प्रेरणा जगाउने उद्देश्यले सुनौला माविमा कलाकार लिलाधर केसी र कलाकार प्रकाश मिजारलाई ल्याइएको अध्यक्ष गोपालीले बताए । प्रदर्शनी अगाडि विद्यार्थीहरुलाई चित्रकला सम्बन्धि ज्ञान पनि दिइएको थियो।
प्रतिक्रिया दिनुहोस्