नेपाल गोजरियो कराँते दो संघ शाखा दोजो थाहा नगरपालिकाका ८ जना प्रशिक्षार्थी ‘ब्ल्याक बेल्ड’मा स्तरवृद्धि भएका छन् । ब्ल्याक बेल्ड पाउनेमा प्रमिला थोकर, कृतिका थोकर, सन्जिता गोले, सुस्मिता दोङ, सन्तोष गोपाली, शुसान्त दोङ, शन्तराम अधिकारी र सुमन घिमिरे रहेका छन् । उनीहरु २७ भाद्रमा क्याम्पाडाँडामा भएको ग्रेडिङबाट ‘ब्ल्याक बेल्ड’मा स्तरवृद्धि भएका हुन् ।

  

ग्रेडिङमा दुई जनाले ब्राउन बेल्ट प्राप्त गरेका छन् । एक जना खेलाडीले ‘ब्लु बेल्ड’ पाएका छन् भने ग्रीन बेल्ड १४ जनाले र एल्लो बेल्ट ४२ जना खेलाडीले प्राप्त गरेको नेपाल गोजुरियो कराते दो संघका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला प्रमुख प्रशिक्षक मान सिं दोङले जानकारी दिए । ग्रेडिङ कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा थाहानगर प्रमुख विष्णु बहादुर विष्टले खेलकुदले अनुशासित बन्न सिकाउने बताए । प्रमुख विष्टले उच्च मनोबलका साथ मिहिनत गरे खेलकुदको भविष्य फराकिलो रहेको उल्लेख गरे । उनले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलाडी बन्नका लागि शुभकामना दिए ।

सो अवसरमा खेलाडिहरुले काँता, स्पायरिङसहित डेमोस्ट्रेसन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नेपाल गोजिरियो कराते दो संघका केन्द्रिय सचिव सानोबाबु गुरुङ, थाहा नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख माधव बिक्रम मल्ल, नगर खेलकुद विकास समितीका सदस्य यादव रायमाझी, जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, थाहानगर सूचना शाखा प्रमुख सुरजकुमार भुजेल, थाहानगर ब्याडमिन्टन संघका अध्यक्ष संग्राम खत्री, पालुङ अंग्रेजी स्कुलका निर्देशक सुशील कुमार वस्तीलगायतको आतिथ्यता रहेको थियो ।