filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (0.5972222, 0.5972222); modeInfo: ; sceneMode: LLHDR; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

शिक्षा दिवशको अवसरमा थाहा नगरपालिकाको स्थित जनकल्याण माविले आयोजमा गरेको माविस्तरीय अन्तर विद्यालय डिजिटल हाजिरी जवाफ प्रतियोगितामा इअन एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा पालुङ भ्याली हार्ट एकेडेमी द्वितीय, हिमालयन इङ््िलस सेकेन्डरी बोर्डिङ स्कुल तृतीय र कुन्छालस्थित सुनौला माविले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतिगोगिताका प्रथमलाई नगद ६ हजार, द्वितीयलाई ४ हजार ५ सय, तृतीयलाई ३ हजार र सान्त्वना १ हजार ५ सय, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रथम पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमी, द्वितीय हिमालयन इङ््िलस सेकेन्डरी बोडिङ स्कुल, तृतीय पालुङ अंग्रे्रेजी आवासीय माध्यमिक विद्यालय, सान्त्वना पालुङ मोडर्न इङ््िलस मिडियम स्कुल र ट्रफी हिमशिखर अपसेट प्रेसले सौजन्य गरेको हो ।

प्रतियोगितामा थाहानगरका १३ वटा विद्यालयको सहभागिता रहेको थियो । थाहानगरमा अन्तर विद्यालयस्तरीय डिजिटल हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक आयोजना भएको हो ।

जनकल्याण विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षता तथा नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, प्रमुख अतिथि मल्ल, प्रधानाध्यापक सानोभाइ कार्कीलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी