देशभरका सबै स्थानीय तह (पालिका)हरुमा अब मोबाइल एप्लिकेशनबाटै राजश्व भुक्तानी गर्न सकिने भएको छ । राजश्व भुक्तानीका लागि ११ कार्तिकबाट मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको महालेखा नियन्त्रकको कार्यालयले १२ कार्तिकमा सुचना प्रकाशन गरी जानकारी गराएको छ ।
सरकारले ७५३ वटै पालिकाहरुको लेखा व्यवस्वस्थापनका लागि सञ्चालनमा ल्याएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा २०७९ माघबाट राजश्व मोडुल सञ्चालनमा ल्याएको भएपनि मोबाइल एप भने २०८१ सालको ११ कार्तिकमा मात्र सुरुवात गरेको हो ।
मोबाइल एप सञ्चालनको मेनुअल समेत एपमै राखिएको उप महालेखा नियन्त्रक मुन कुमार केसीले जानकारी दिए ।
हेर्नुहोस सूचना:


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्