मकवानपुरको थाहा नगरपालिकाको फाँटबजारमा सातौंैं विनयबाबु स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता १४ कार्तिकबाट शुरु भएको छ । प्रतियोगिताको १४ कात्तिकमा थाहा नगरपालिका २ नम्बर वडाध्यक्ष बम बहादुर सिन्ताले उद्घाटन गरेका थिए । कार्यक्रमको विशेष अतिथी थाहानगर खेलकुद विकास समितिका संयोजक तथा १२ नम्बर वडाध्यक्ष टिकाराम स्याङ्तान रहेका थिए ।
विनयबाबु स्कृति प्रष्ठिानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा नम्बर ४ का नारायण लामा, थाहानगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझी, प्रतिस्ठानका संस्थापक बिजयबाबु बस्नेत, विनयबाबुका पिता बिष्णु बहादुर बस्नेत, मत्स्यनारायण माविका प्रधानाध्यापक श्यामलगाएतकाको आतिथ्यता रहेको थियो ।
१७ वटा टिमले सहभागीता रहेको प्रतियोगिताको पहिलो दिनको खेलमा कार्की भेजिटेबललाई पराजित गर्दै थाहा ५ खेलकुद विकास समिति विजयी भएको छ । सेभेनस्टारलाई पराजित गर्दै आयोजक विनयबाबु स्कृति प्रतिष्ठान ‘ए’, आयोजक ‘बी’ लाई पराजित गर्दै योङस्टार, युनिटी स्पोर्टस थाहा–२ लाई पराजित गर्दै मंगलेश्वर र उनीउचौर टिमलाई पराजित गर्दै ग्रिनहर्स टिम विजयी भएका छन् ।
अहिले १५ कार्तिक विहान ९ बजे पहिलो खेल कार्की भेजिटेबल र हेटोंडास्पोर्टबीच खेल हुँदैछ भने दोस्रो खेल मनहरी गाउँपालिका र शसक्त युवाक्लब बीच खेल हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । उनका अनुसार–दिनभरी नै खेल हुनेछन् ।
कार्तिक १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ । प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ ।
विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको यो प्रतियोगिता सातौं हो । प्रतियोगिताको छैठौंैँ संस्करणको उपाधी मंगलेश्वर युवा क्लबले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्