ख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ३५ लाख २१ हजार २०४ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

साविकको सहोडवा गाविस ६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हकभोगको ठेक्का यादवको नाममा स्वीकृत भएको थियो । पोखरी हकभोग गरेवापत गाविस कार्यालयलाई ठेक्का वापतको बुझाउनुपर्ने रकम नबुझाएको भन्ने उजरी उनीविरुद्ध परेको थियो ।

अनुसन्धानको क्रममा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा १९ लाख ४२ हजार ८०१ रुपैयाँ गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाएको पत्ता लागेको अख्तियारले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी