सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्ट्यान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरेको छ ।

मूल्यवृद्धिसँगै अब काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यस्तै, बुटवल भैरहवामा १ लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

यसअघि काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगन्ज क्षेत्रमा दूधको प्रतिलिटर मूल्य ७० रुपैयाँ थियो । संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको हो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । ३ इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।

पालिका प्रेस
थप जानकारी