धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा नगरप्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगरसभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । सभाध्यक्ष नेपालले सभामा पेस भएका एजेन्डामाथि सभा सदस्यलाई बोल्ने समय दिएका थिए । सभामा पालिकाका जनप्रतिनिधिको साढे ४ वर्षे कार्यकालको समीक्षा गरिएको थियो । कार्यक्रममा सहभागीले कार्यकाल उपलब्धिमूलक भएको धारणा राखे । कतिपय अवस्थामा बजेट अभावले सोचेअनुरूप काम गर्न नसकिएको जनप्रतिनिधिले बताए । तर, सीमित स्रोत– साधन र बजेटमा उपलब्धिमूलक काम भएको उनीहरूको दाबी छ ।

नगरसभामा नगरप्रमुख नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले हालसम्म नगरले गरेका मुख्य–मुख्य कामबारे जानकारी गराए ।

पालिका प्रेस
थप जानकारी