मकवानपुरमा अनलाइनबाटै नागरिकता सिफारिस गरिने भएको छ । अनलाइन नागरिकता सिफारिस गर्ने सीप सिकाउन गृह मन्त्रालयले २८ माघमा अनलाइन तालिमको व्यवस्था गरेको छ । तालिम २८ माघ दिउँसो २ बजे हुनेछ ।

गृह मन्त्रालयले मकवानपुरमा १ फागुनबाट वडा कार्यालयहरूबाट अनलाइन प्रणाली मार्फत मात्र नागरिकताको सिफारिस लिने व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न लागिएको छ । तालिमका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका १० वटै पालिकाहरुमा परिपत्र गरेको छ ।

अभिमुखीकरण तालिममा स्थानीय तहका सूचना प्रविधि अधिकृतहरु, एमआइएस अपरेटरह सबै वडाका वडा अध्यक्ष एवं वडा सचिवज्यूहरूलाई अनिवार्य सहभागी हुन भनिएको छ ।

अनलाइन तालिमको लागिः

Meeting ID: 982 6457 1259
Passcode: 123456
पत्रः
पालिका प्रेस
थप जानकारी