नेकपा (माओवादी केन्द्र) थाहानगर, भातृ संगठनहरु र वडा कमिटीहरुले संयुक्त रुपमा ३० औं जनयुद्ध दिवसको अवसरमा १ फागुनमा थाहानगरमा दीप प्रज्वलन गरेका छन । माओवादी निकट अखिल क्रान्तिकारी, वाईसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल नेपाल किसान महासंघ, रिटर्नी सेन्टर, महिला, बुद्धिजवीलगायतका संगठनहरुले संयुक्त रुपमा थाहाका १२ वटै वडामा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएका हुन् ।

सरकारले जनयुद्ध दिवसमा दिएको बिदा सर्वोच्च अदालतले खारेज गर्नु दुखद् भएको दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले बताए । सबै माओवादी घटकहरु एक हुनुको बिकल्प नभएको उनीहरुको भनाई थियो । यसैबीच ३० औं जनयुद्ध दिवसको अवसरमा वाइसीएल थाहानगर कमिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विकास घर शिखरकोटमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको वाइसीएल थाहाका अध्यक्ष केशव सुनारले जानकारी दिए । २९ वर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउदै आएको छ ।

पालिका प्रेस
थप जानकारी