हेटौँडा उपमहानगरपालिका वडा अध्यक्ष नवीन सिग्देलले हेटौँडा सुविधा सम्पन्न जेष्ठ नागरिक अस्पताल आवश्यक रहेको बताएका छन् । जेष्ठ नागरिक मञ्च, हेटौँडा–४ ले चार्डपर्वको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरूको उमेर ढल्कदै जाँदा हुनसक्ने रोगहरूको उपचारको लागि छुट्टै जेष्ठ नागरिक अस्पताल निर्माण गर्न सबैतहको सरकारले ध्यान दिनुपर्ने बताए ।
जेष्ठ नागरिक मिलन केन्द्र हरेक वडा र सकेसम्म हरेक टोलमा बनाउन पर्ने, जेष्ठ नागरिक माथी हुने हिँसाविरूद्व अभियान चलाउन पर्ने उल्लेख गरे । हरेक घरमा शान्ति ल्याउन जेष्ठ नागरिकमाथी हुने मानसिक र शारिरीक हिँसा, अपमान र असुरक्षाको अन्त्य गर्नुपर्ने अध्यक्ष सिग्देलको भनाइ थियो । उनले जेष्ठ नागरिकको परिचालनद्वारा नयाँ पुस्तामा संस्कार, साँस्कृति र सामाजिक मूल्यमान्यता सम्बन्धी ज्ञान हस्तान्तरण गर्नुपर्ने र जेष्ठ नागरिकका समस्याबारे परिवार, स्थानीय अगुवा, संघसंस्था र सरकारले ध्यान दिनपर्नेमा सिग्देलले जोड दिए ।
वडा मञ्चको अध्यक्ष भोला फुँयालको अध्यक्षमा भएको कार्यक्रममा जेष्ठ नागरिक संघ, मकवानपुर जिल्ला अध्यक्ष हरिप्रसाद सिग्देल, नगर अध्यक्ष रामबहादुर नेपाली, दिव्य सेवा निकेतन, जेष्ठ नागरिक आश्रय स्थलका अध्यक्ष यादव गजुरेल, भुवनेश्वर सेवा समिति अध्यक्ष जग्गनाथ पाण्डेलगायतको अथित्यता रहेको थियो ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्