आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मकवानपुर जिल्लामै कैलाश गाउँपालिका पहिलो भएको छ । कुल १ सय पूर्णाङ्कमा कैलाश गाउँपालिकाले ८६ अंक पाएको छ ।
मूल्याङ्कनको दोस्रो स्थान बाग्मती गाउँपालिकाले कब्जा गरेको छ । बागमतीले ८५.५ अंक पाएको छ भने तेस्रो स्थानमा ८३.५ अंकसहित मनहरी गाउँपालिका रहेको छ । गत वर्ष बराबर अंक पाएको मनहरीभन्दा पछि पर्दै थाहा चौथो भएको छ । थाहा नगरपालिकाले ८१ अंक पाएको छ ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा बकैया गाउँपालिकाले ६४, भीमफेदी गाउँपालिकाले ५४, हेटौंडा उपमहानगरपालिकाले ७९, इन्द्रसरोवर गाउँपालिकाले ६६, मकवानपुरगढी गाउँपालिकाले ७१.५ र राक्सिराङ गाउँपालिकाले ७० हंक पाएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्