मकवानपुरको कैलाश गाउँपालिकामा २१ हजार ८ सय ३० वटा बाख्राहरुमा पिपीआर खोप लगाइएको छ । बागमती प्रदेश सरकारले तय गरेको खोप अभियानमा पशु सेवा कार्यालयबाट प्राप्त भएको २२ हजार डोज पिपीआर खोप मध्ये २१ हजार ८३० डोज खोप लगाइएको गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक सन्दीप कुशवाहाले बताए ।

प्राप्त डोज अनुरुप भ्याम्सिनेटर मार्फत वडाका विभिन्न स्थानहरु र घरदैलोमै पनि पुगी खोप सञ्चालन गरिएको उनले बताए । गत माघ २४ गते देखी सुरु भएको खोप अभियानमा सबैभन्दा बढी वडा नम्बर ९ मा तीन हजार ७२० वटा बाख्रामा खोप लगाइएको कुशवाहाले बताए । भ्याम्सिनेटरले वडा नम्बर १ मा आठ सय, वडा २ मा एक हजार २४९, वडा ३ मा तीन हजार ६८, वडा ४ मा तीन हजार २८९ वटा बाख्रामा खोप लगाइएको छ । त्यस्तै, वडा ५ मा दुई हजार, वडा ६ मा पाँच सय, वडा ७ मा दुई हजार ६६, वडा ८ मा एक हजार ७२० र वडा १० मा तीन हजार ३४८ वटा बाख्रामा खोप लगाइएको कुशवाहाले बताए ।

भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फर्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । पशुपालन तर्फ बाख्रा पाल्ने कृषकको संख्या बढ्नुका साथै भेडा÷बाख्रामा लाग्ने पिपीआर रोगको नियन्त्रण र रोकथामका प्रदेश सरकारको निर्देश अनुरुप कार्यान्वयनमा खोप अभियान सञ्चालन गरिएको कृषि तथा पशु विकास शाखा प्रमुख राहुल सेन्चुरीले बताए ।

पालिका प्रेस
थप जानकारी