पालुङ जेसिज वर्ष २०२५ का पदाअधिकारी तथा मनोनितहरुका लागि एकदिने तालिम दिइएको छ । डाँडाघरे बा को होमस्टे थाहा–२ फाँटबजारमा आयोजित तालिम २६ फागुनमा सञ्चालन भएको थियो ।

पालुङ जेसिज वर्ष २०२५ की उपाध्यक्ष रोशनी गोपालीको संयोजकत्वमा भएको तालिमका सहभागीहरुलाई कार्यकारीणी उपाध्यक्ष स्मिता विष्टले स्वागत गरेकी थिइन् । तालिममा पालुङ जेसिज वर्ष २०२५ का अध्यक्ष माधव कार्कीको सभाध्यक्ष तथा संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यतामा भएको तालिममा सबै पदाअधिकारी तथा मनोनित सदस्यहरु गरी २० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई पालुङ जेसीजका पूर्व अध्यक्षहरु राम प्रसाद ढकाल र कुमार नेगीले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुले पदिय जिम्मेवारी, नेतृत्व, व्यक्तित्व विकास, जेसीजको काम कर्तव्य बारे प्रशिक्षण दिएका थिए ।

तालिमबाट जेसिजमा आवद्ध भई काम गर्नका लागि थप उर्जा मिलेको नविना विष्टले प्रतिक्रिया दिइन् । सहभागी रवि कार्कीले शाखामा थप तालिमको आवश्यकता रहेको औल्याए । सो अवसरमा शाखा अध्यक्ष कार्कीले आफ्नो काम कर्तव्य मनन् गर्दै यस वर्ष पालुङ जेसिजको रजत वर्ष भएको कारण पालुङ जेसीजको चाडको रूपमा हातेमालो गर्दै स्वर्णिम वर्षका रुपमा लिनका सबैलाई स्मरण गराए ।

पालिका प्रेस
थप जानकारी