
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ तसरमा रहेको जनकबहादुर वाइबाको घरमा आगलागी भएको छ । आगलागीका कारण घर पूरै क्षति भएको जनाइएको छ । बिजुली सर्ट हुँदा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
आगोले घरका भाँडाकुँडा, लत्ताकपडा, अन्न तथा कृषि औजारलगायत सबै सामग्री जलेर नष्ट भएको थाहानगर प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीहरूको सक्रियतामा खोलाबाट पानी ल्याई आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि थाहानगर प्रहरी दमकलसहित घटनास्थलमा पुगेको थियो ।
थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, वडा नम्बर ४ का अध्यक्ष नरायण लामा, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनका सभापति मनश्याम बस्नेतलगायतकाले पीडित परिवारलाई त्रिपाल, चामल, दाल, नुन, तेल, लत्ताकपडालगायत आवश्यक राहत सामग्री वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्