चालु आर्थिक वर्षको ७ औं महिना (साउन–माघ) सम्म पूँजीगत खर्च मात्र १६ प्रतिशत पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ २९ सम्म कुल ६० अर्ब ७८ करोड ९६ लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । यो कुल विनियोजित बजेटको १६.०८ प्रतिशत हो । यो वर्ष सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ बराबरको पूँजीगत खर्चको लक्ष्य राखेको छ । यो लक्ष्यलाई बजेटको अर्धवार्षिक समीक्षाबाट घटाएर ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँमा झारिएको छ । यो कुल विनियोजित लक्ष्यको ९०.०१ प्रतिशत हो ।

महालेखाको तथ्यांक अनुसार आवको ७ औं महिनासम्म कुल बजेट खर्च भने ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ बराबरको भएको छ । यसमध्ये चालु खर्च ४ खर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

चालु खर्चभित्र प्रदेश र स्थानीय सरकारलाई गएको अनुदान समेत समावेश हुन्छ । चालु खर्च विनियोजनको तुलनामा ४४.६५ प्रतिशत भएको हो । कुल बजेट खर्चको प्रगति भने ३६.२ प्रतिशत रहेको छ । यसअवधिमा वित्तीय व्यवस्थातर्फ ५४ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ ।

पालिका प्रेस
थप जानकारी