छथर जोरपाटी गाउँपालिका धनकुटाका जनप्रतिनिधि तथा कर्मचारीलाई राजस्व सुधार कार्ययोजना तर्जुमासम्बन्धी अभिमुखीकरण प्रशिक्षण दिइएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको प्रदेश प्रशिक्षण केन्द्र, प्रदेश १ को आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्च नेपाल धनकुटाको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण दिइएको हो ।

आयोजक संस्थाले कार्यशाला गोष्ठी आयोजना गरेर वडाध्यक्ष, कार्यपालिका सदस्य, राजस्व परामर्श समितिका पदाधिकारी, गाउँपालिकाअन्तर्गतका शाखा प्रमुखहरूलाई प्रशिक्षण दिएको हो । वडा नम्बर १ का वडाध्यक्ष पुखमान आलेको अध्यक्षतामा सञ्चालन भएको गोष्ठीमा सहभागीलाई आयोजक संस्थाका परामर्शदाताद्वय नुषराज श्रेष्ठ र केदार दाहालले सहजीकरण गरेका थिए । कार्यशालामा दिगो स्रोत व्यवस्थापनका प्रावधान र गाउँपालिकाद्वारा जारी राजस्वसम्बन्धी ऐन, राजस्वसम्बन्धी विभिन्न अभ्यासका विषयमा सूचना संकलन तथा समूहगत छलफल गरिएको थियो ।

गोष्ठीले पालिकाको आगामी तीन वर्षको राजस्व सुधार कार्ययोजना निर्माणका लागि आवश्यक सूचना संकलन गर्ने निर्णय भएको संस्थाका सहजकर्ता खिन्द्र अधिकारीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी