प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नुवाकोटको पञ्चकन्या गाउँपालिकाले पर्यटकलाई लक्षित गरी पदमार्ग र पार्क निर्माण गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको पहिचान गरी गाउँपालिकाले वडा नं ४ मा पदमार्ग र पार्क निर्माण गरेको हो।

गाउँपालिकालको वडा नं ४ को भुमेथान मन्दिर जाने मन्दिरसम्म पदमार्ग र वडा नं ४ कै घ्याङस्वारा पर्यटकीय आकर्षक पार्क निर्माणको काम भइरहेको छ। वडा नं ४ को भुमेथान मन्दिर जाने मन्दिरसम्म पदमार्ग सम्म करिब रु १५ लाखको लागतमा ६४० मिटर पदमार्ग निर्माण गर्न लागिएको र करिब २५० सिँढी निर्माण साथ काम भइसकेको पञ्चकन्या गाउँपालिकाका रोजगार संयोजक सरोज कुमार खातिले बताए।

संयोजक खातीका अनुसार वडा नं ४ को घ्याङस्वरा पर्यटकीय पार्कमा रु २४ लाखको लागतमा पार्क निर्माणको काम अन्तिम चरणमा भइरहेको छ। पञ्चकन्या गाउँपालिकाले बेरोजगार सूचीमा आवेदन गरेकाहरुको पहिचान गरी आवश्यकताअनुसार विभिन्न विकास निर्माणको काममा परिचालन गरेको हो।

पञ्चकन्या गाउँपालिकाले गाउँवासीको गौरवको आयोजनासँगै पर्यटन प्रवद्र्धन तथा जीविकोपार्जनलाई समेत विशेष महत्वका साथ हेरिएको र समग्र क्षेत्रमा विकास गराउने उद्देश्यले काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले बताए । गाउँपालिकाले पर्यटकलाई लक्ष्य गरी घ्याङस्वरा क्षेत्रमा उद्यान, पिकनिक सेट, १० वर्ष जनयुद्धमा सहिद भएका पञ्चकन्या गाउँपालिका भरिको सहिद स्मारक सालिक , जिप लाईन, भ्यूटावरको निर्माण गर्ने र पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकासका काम गरिरहेको र सबै काम प्रधानमन्त्री रोजगार कार्यक्रम सम्पन्न गर्न सम्भव नदेखिएकोले पर्यटन बोर्डबाट पनि गर्ने गरी सर्वेक्षण भएको अध्यक्ष तामाङले बताए ।

सांस्कृतिक धार्मिक प्राकृतिकरूपमा विभिन्न ठाउँमा गाउँपालिकाले निर्माण गरेको पर्यटकीय क्षेत्रहरुमा पुग्न तथा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग महत्वपूर्ण मार्गको रूपमा हेरिएको छ। गाउँपालिकाले बेरोजगारको पहिचान गरी रोजगार दिएर आफूलाई विकास निर्माणका काममा लगाएको वडा नं ४ का लालमाया तामाङ्गले खुशी व्यक्त गरे। पदमार्ग निर्माण सम्पन्न भएसँगै त्यहाँ बाट नुवाकोटको अधिकाशं भुभागको बस्तीलगायत धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिन्छ।

पञ्चकन्या गाउँपालिकामा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका १७९ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका छन्। रोजगारीका लागि ३३ पुरुष र ५० महिला रोजगार कार्यक्रममा सूचीकृत भएको प्राविधिक सहायक कपिल शाहले बताए। रोजगार कार्यक्रमा सूचीकृत भएकामध्ये वडा नं ४ का पदमार्ग निर्माण पर्यटकीय पार्क गर्न लागेको र अन्य वडामा त्यस्तै निर्माणको काममा सम्पन्न भई ज्याला भुक्तानीको अन्तिम चरणमा रहेको रोजगार संयोजक खातीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरूले कम्तीमा १०० दिनको रोजगारी पाउने व्यवस्था रहेको छ । बेरोजगार रहेकालाई विकास निर्माणको काम लगाउने र भुक्तानी गरिने हुँदा ग्रामीण क्षेत्रमा यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको छ । ज्याला मजदुरीमा काम गर्दा सम्मान काममासमेत महिला पुरुषको बीच ज्यालामा विभेद भइरहेको अवस्थामा यो कार्यक्रममले सम्मान ज्याला वितरणले थप लोकप्रिय बनेको छ।

फोटोः पञ्चकन्या गाउँपालिकाका रोजगार संयोजक सरोज कुमार खाति

पालिका प्रेस
थप जानकारी