मनहरीमा यसअघि साताको एकपटक आँखा जाँच हुँदै आएकामा अब दैनिक आँखा उपचार, परामर्श तथा चश्माको समेत व्यवस्थापन हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाले व्यवस्थापन गर्दै आइरहेको सामुदायिक आँखा उपचार केन्द्रलाई सामुदायिक आँखा केन्द्रको रुपमा परिणत गरी व्यवस्थित बनाइएको हो । मनहरी ७ स्थित रेडक्रस भवनमा स्थापना भएको सामुदायि आँखा केन्द्रको सेवा सुधारका लागि मनहरी गाउँपालिका र हेटौँडा सामुदायिक आँखा अस्पतालले प्राविधिक रुपमा व्यवस्थापन गरेको हो ।

सामुदायिक आँखा केन्द्रको उद्घाटन नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायत स्वदेशी तथा विदेशी पाहूनाको उपस्थितिमा गरिएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मनहरीको माटोमा जन्मेर हुर्कँदै आँखा उपचारको क्षेत्रमा आफूले योगदान गर्न पाएकोमा गौरव महसुस गरेको बताए । उनले सबैको सहयोगले स्थापित आँखा केन्द्रको सेवा बिस्तारका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा ७ नं वडाध्यक्ष तथा मनहरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठाकुरराम तितुङले स्वागत गर्नु भएको थियो भने हेटौँडा सामुदायिक अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, तिलगंगा आँखा अस्पताल अन्तर्गतका नेपाल आँखा कार्यक्रमका आउटरिच म्यानेजर डाक्टर मोहन श्रेष्ठ, योन्साइ युनिभर्सिटी अफ हेल्थ सिस्टम दक्षिण कोरियाकी परियोजना ब्यवस्थापनक येजु ली, नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखा सभापति नुरोजकुमार पौडेल, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएसँगै अब मनहरीमा दैनिक आँखा जाँच, उपचार र परामर्शका काम हुने कार्यक्रममा जानकारी दिइएको छ । सामुदायिक आँखा केन्द्रमा मनहरी गाउँपालिका र सामुदायिक आँखा अस्पताल हेटौँडाको साझेदारितामा भौतिक पूर्वाधारहरु र उपचारका उपकरणहरुको व्यवस्थापन गरिएको छ ।

उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र सभापति नारायण सुवेदी, खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष भुवनकुमार जोशी, रेडक्रसका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभािगता रहेको थियो । कार्यक्रम मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको हो ।

पालिका प्रेस
थप जानकारी