थाहा नगरपालिकाले आफ्नो वार्षिक बित्तीय प्रगतिविवरण सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०८१÷८२ को भुक्तानी प्रक्रिया बन्द भएको जनाएको छ । थाहा नगरपालिकाको आर्थिक महाशाखाका लेखाअधिकृत अमरबहादुर जिसी र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

थाहा नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को सम्पूर्ण खर्च तथा भुक्तानीसम्बन्धी लेखांकनकार्यको बन्द गरिएको जानकारी दिदै चालू वर्षको बित्तीय प्रगति सार्वजनिक गरेको छ । चालुतर्फ ८६ दशमलब ६९ प्रतिशत र पुँजीगततर्फ ६५ दशमलब ८७ गरी ७७ दशमलब २२ प्रतिशत खर्च भएको छ ।

आयको आधारमा ९४ दशमलब ७७ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०८१/८२ मा चालूतर्फ ५३ करोड ६४ लाख ४८ हजार ७५ रुपैयाँ र पुँजीगततर्फ ४४ करोड ७० लाख ७५ हजार ६ सय १५ रुपैयाँ गरी ९८ करोड ३५ लाख २३ हजार ६ सय ९० रुपैयाँ बिनियोजित भएकोमा चालुतर्फ ४६ करोड ५० लाख ४३ हजार १ सय ७ रुपैयाँ र पुँजीगततर्फ २९ करोड ४४ लाख ४७ हजार २ सय ३३ रुपैयाँ खर्च भएको जानकारी दिएको हो ।

पालिका प्रेस
थप जानकारी