बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग र उत्पादनसंग जोड्नु पर्ने बताउनुभएको छ । मकवानपुरको बागमती गाउँपालिका स्थित राइगाउँ र फापरबारीमा दुईवटा सब डिभिजन बन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै उनले वन क्षेत्रको प्रयोग मार्फत आर्थिक उपार्जन गर्नुपर्ने बताए ।
उनले हिजो हरियो वन नेपालको धन थियो, हामीले हाम्रा डाँडाकाडालाई सामुदायिक वन मार्फत हरियो वनायौ, अब यसको उपयोग गर्ने बेला भईसकेको भन्दै सामुदायिक वनहरुलाई उत्दानसंग जोड्नुपर्ने बताए । उनले सम्भावना रहेका सम्पूर्ण सामुदायिक वनहरुमा उद्योग कलकारखाना खोल्ने र वनसंग सम्बन्धीत चिजहरु उत्दान गर्ने र नागरिकलाई आर्थिक उपार्जनसंग जोड्नु पर्नेमा जोड दिए । समृद्ध नेपाल समृद्ध नेपालको सपना साकार गर्न नागरिक समृद्ध हुनुपर्ने र नागरिकको आर्थिक उपार्जन हुनुपर्ने हुँदा वन क्षेत्रमा उद्योग खोल्ने र उत्दानसंग जोडेर रोजगारी सृजना गरेर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले बागमती प्रदेशमा हालसम्म ३८ वटा यस्ता भवन निर्माण भइसकेको जानकारी दिदै उनले अन्य प्रदेशको तुलनामा बागमती प्रदेशले वन क्षेत्रमा अग्रणी रुपमा काम गरेको उल्लेख गरे । उनले प्रदेश सरकारले वनक्षेत्रलाई विशेष प्राथमिकता दिदएर काम गरेको भन्दै सोहि अनुसार कर्मचारीले पनि काम गर्नुपर्ने बताए । उनले पूर्वाधार निर्माणसँगै अब सेवा र सुविधा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले वन क्षेत्रको संरक्षण र उपयोगितामा जोड दिए । उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन समेत आग्रह गरे । यस्तै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले सामुदायिक बनले संरक्षणसँगै आर्थिक उपार्जन गर्नुपर्ने र सामुदायिक वनमा संकलित रकमलाई पारदर्शी ढंगले उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रवशीको अध्यक्षतामा भएको कार्यक्रममा वन निर्देशनालय बागमती प्रदेशका निर्देशक विद्यानन्द झासहित सरोकारवालाको सहभागिता थियो ।
डिभिजन वन कार्यालय हेटौंडाद्धारा ठेक्का व्यवस्थापन भई निर्माण भएका दुवै भवन निर्माणमा पौने करीब पाँच करोड रुपैया लागत लागेको छ । बागमती गाउँपालिका वडा नम्बर १ राईगाउँ स्थित राईगाउँ सव डिभिजन वन कार्यालय निर्माणका लागि कार्यालयले २ करोड ९६ लाख ३७ हजार ३५० रुपौयामा ठेक्का आव्हन गरेकोमा २ करोड ४९ लाख ४४ हजार १८८ रुपैयामा र वडा नम्बर ८ फापरबारी स्थित नवनिर्मित सव डिभिजन वन कार्यालयको २ करोड ९६ लाख ५६ हजार ९३८ रुपौयामा ठेक्का आव्हन गरेकोमा २ करोड २४ लाख २६ हजार ९११ रुपैयामा सम्झौता भई निर्माण सम्पन्न भएको हो । भवनहरु क्रमस सुशन निहारिका जेभि र सुशन कन्ट्रक्सनले निर्माण गरेको हो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्