मकवानपुर थाहा नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दैनिक कार्य–योजनाअनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको छ । थाहानगरको शिखरकोट स्थित विकास घरमा आयोजित कार्यक्रममा वडा नम्बर १ देखि १२ सम्मका महिला वडा सदस्यहरू, थाहा नगरकार्यपालिका तथा महिला तथा बालबालिका सेवा केन्द्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा थाहा नगरपालिका प्रहरी कार्यालयकी कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले “साइबर क्राइम“ तथा अन्य समसामयिक विषयवस्तुमा सहजीकरण गरेकी थिइन् । डिजिटल युगसँगै बढ्दो अनलाइन दुरुपयोग, सामाजिक सञ्जालमा हुने धोका, सुरक्षा उपाय तथा कानुनी व्यवस्थाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

सहभागीहरूले प्रशिक्षणले समुदायमा लैङ्गिक हिंसा र साइबर अपराधका मुद्दा पहिचान तथा रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रम १६ दिने अभियानको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उद्देश्यका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्