थाहा नगरपालिकाको शिखरकोटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा भएको छ । संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्टको प्रमुख आतिथ्यमा १५ पुसमा आयोजित कार्यक्रममा संस्थाका संचालक समितिका सदस्यहरू, उपसमिती संयोजकहरू र अन्य सम्माननीय सदस्यहरूको उपस्थिती रहेको थियो।
सभामा संस्थाका अध्यक्ष मनोज रायमाझीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष रायमाझीले संस्थाले सदस्यहरूलाई वित्तीय साक्षरता कार्यक्रम, शिक्षा सहयोग, स्वास्थ्य सचेतना र व्यावसायिक प्रवद्र्धन जस्ता महत्पूर्ण कार्यहरूलाई प्रतिवेदनमा समेटेका थिए ।
प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले संस्थागत विकास र वित्तीय क्षमता दुवै पक्षमा सकारात्मक सुधार हासिल गरेको छ । सामाजिक उत्तरदायित्वको हिस्सा स्वरुप संस्थाले सदस्य सन्न्तती छात्रवृत्ति, सहकारीमा उत्कृष्ट वित्तीय कारोबार गर्ने सदस्यलाई पुरस्कृत, कर्मचारी सम्मान र वृद्ध सदस्य सम्मान जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी वर्षमा, संस्थाले व्यावसायिकता र मितव्ययी व्यवहारमा जोड दिने, ऋणीको आर्थिक विश्लेषण र ऋणको जोखिम घटाउन अनुगमन गर्ने योजनाहरू रहेको अध्यक्ष रायमाझीले जानकारी दिए।

कोषाध्यक्ष निरज रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल १४ सय ९८ शेयर सदस्य रहेको र शेयर पूंजी १ करोड ४४ लाख २३ हजार ८ सय पुगेको जानकारी दिए । संस्थाले निक्षेप संकलन ८ करोड ३१ लाख ५५ हजार ४ सय र ऋण लगानी ८ करोड ४९ लाख गरेको, जसको आम्दानी १ करोड ३० लाख ५६ हजार २४ रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति ११ करोड ७ लाख नाघेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष मनोज रायमाझीको अध्यक्षतामा पालुङ जेसीज सभाहलमा भएको सभामा लेखा समिती संयोजक लक्ष्मी कार्कीले संस्थाको आर्थिक पारदर्शिता र सुशासनमा ध्यानाकर्षण गराउँदै वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो अवसरमा संस्थाले सहकार्य गर्ने संस्था च्वाइस नेपाल र उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई विशेष सम्मान गरिएको थियो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्