बागलुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा १३ फागुनमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्राविधिक अधिकारीले बागलुङ नगरपालिकाले कामै नभएको काममा काम भएको देखाएको, निर्माणाधीन बसपार्कमा कामै नभएकोमा भुक्तानीमा सही गरेको भन्दै अख्तियारले उनलाई ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पालिका प्रेस
थप जानकारी