हेटौंडा उपमहानगरपालिका–१ नम्वर वडा कार्यालयले महिलाहरुको आयआर्जन बृद्वि गर्न बाख्रा विरतण गरेको छ ।वडा कार्यालयले महिलाहरुको आयआर्जन बृद्वि गर्दै आर्थिकरुपमा आत्मनिर्भर बनाउन २० जना महिलालाई बाख्रा वितरण गरेको हो ।

वडा अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा २० जना महिलालाई करिब ३ लाख बराबरको बाख्रा वितरण गरिएको हो । गतवर्ष पनि महिलाहरुलाई बाख्रा वितरण गरिएको थियो । सो कार्य प्रभावकारी भएपछि यसवर्ष पनि त्यसलाई निरन्तरता दिँदै बाख्रा वितरण गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । देशलाई मासुमा आत्मनिर्भर बनाउने सरकारको अभियानलाई सघाउ पु¥याउन पनि बाख्रा वितरण कार्यक्रम सहयोगी हुने उनले बताए ।

उनका अनुसार गतवर्ष वितरण गरिएको बाख्राले राम्रो उत्पादन दिएको महिलाहरुबाट बाख्रा वितरण कार्यक्रममा वडा सदस्यहरु बेगम बराल, ईश्वरी रसाइली र सोमलाल स्याङ्तान लगायतको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी