फोटो: गणेश विष्ट/पालिका प्रेस

कुलेखानी जलाशयमा पानीको सतह बढेर १५२५.६१ मिटर पुगेको छ। जलाशयको अधिकतम भण्डारण क्षमता १५३० मिटर रहेको छ भने हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको जनाइएको छ।

गएरातिदेखि निरन्तर ठूलो वर्षा भइरहेकाले पानीको सतह अघिल्लो दिनको तुलनामा केही तीव्र गतिमा बढिरहेको छ। पानीको सतह १५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइनेछ।

जलाशयमा पानीको सतह निरन्तर बढिरहेकाले कुलेखानी तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

पालिका प्रेस
थप जानकारी