निरन्तरको वर्षाका कारण सडक तथा पहिरोको जोखिम बढेपछि दक्षिणकाली हुँदै बाहिरिने सवारीसाधनलाई फर्पिङ नाकामै रोकिएको छ।

हिजो रातिदेखि परेको अविरल वर्षाका कारण फाखेल सडकखण्ड पूर्णरूपमा बन्द भएको थियो। आज बिहान सिस्नेरी र भीमफेदी क्षेत्रमा समेत पहिरो गएको जानकारी प्राप्त भएको छ। सडक अवरुद्ध भएपछि सवारीसाधनको लामो जामलागेको बताइएको छ।

वर्षाका कारण थप पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

पालिका प्रेस
थप जानकारी