हेटौंडा उपमहानगरपालिकाले राजश्व प्रवर्दनमा घुम्तीटोली परिचालन गर्न सुरु गरेको छ ।

राजश्वको दायरामा रहेका व्यावसाय तथा सस्थाहरुको दर्ता र नविकरण स्थानीय स्तरमानै गरिदिन सुरु गरिएको हो । यसले गर्दा धेरैले स्थानीय स्तरमानै सेवा लिन सक्ने भएका छन् । उपमहानथगरपालिकामा राजश्व संकलनको दायरा पनि बढाउने र राजश्व तिर्नेहरुलाई दिने सुविधामा पनि बृद्धी गर्नका लागि यो कार्यक्रम गर्न लागिएको हो ।

हेटौंडा–११ बाट यो कार्यक्रमको सुरुवात गरिएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई र वडा अध्यक्ष गोकर्ण पराजुलीले संयुक्त रुपमा कार्यक्रमको सुरुवात गरे । यो कार्यक्रम हेटौंडाको वडा नम्बर–३, ५, ६, ७, ८, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालन गरिने उपमहानगरपालिका राजश्वशाखाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिए । अहिले भइरहेको राजश्वको दायरा बृद्धी गर्नका लागि यस कार्यक्रमले सहयोग गर्ने छ ।

पालिका प्रेस
थप जानकारी