बाजुरामा किसानका घरपालुवा जनावरलाई खोप लगाइएको छ । बडीमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकाका स्थानीयका घरपालुवा जनावरलाई खोरतेविरुद्धको खोप लगाइएको हो ।

खोरेत रोगले दूध उत्पादन कम हुने र पशुको मृत्यु भइ क्षति पु¥याउने पीडाले ग्रसित बाजुराका स्थानीय पशुपालक किसान पशुमा उक्त खोप लगाउन भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले निरन्तरता दिएपछि खुसी भएका छन । हालसम्म बडीमालिकाका ४ वडाका ३ हजार ७८ गाई, १५ सय ३० भैंसी, २ हजार ६ सय ३४ बाख्रामा तथा त्रिवेणी नगरपालिकाका ५ वटा वडा र खप्तड छेडेदहका २ वटा वडाका ५ हजार ४ सय ४० गाई, ३ हजार ४० भैंसी र ३ हजार ९ सय ३७ बाख्रा गरी जिल्लाभरि १२ हजार ४ सय १७ जनावरलाई खोरेतविरुद्धको खोप लगाइसकेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका खोप टोली प्रमुख तथा पशु स्वास्थ्य सहजकर्ता दीपकबहादुर बुढाले बताए ।

जनावरको शरीरमा रोगसँग लड्ने क्षमता बढाई रोगबाट बचाउन खोरेत खोपसहित गाउँ–गाउँमा जनावरमा लाग्ने रोग र बचाउने उपायबारे भ्याक्सिनेटरले जनचेतना फैलाउँदै आएका छन् । रोग लाग्ने सम्भावित स्थानीय तहमा प्रचार–प्रसार गरी पशुपालक किसानलाई खोरेतसहित विभिन्न रोगबारे जानकारी दिने काम जिल्लाभरि नै जारी रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका कार्यालय प्रमुख पशुपति नाथले जानकारी दिए । नेपालमा पशु ओसारपसार गर्दा भारतबाट भित्रिने पशुसँग खोरेत रोग बढी फैलिने गर्छ । संक्रमित पशुको सम्पर्कबाट छिटोछिटो यो रोग सर्दा जनावर मर्ने गरेकामा पशुपालक किसानलाई खोपसँगै जनचेतना दिन थालिएपछि खुसी भएका छन् ।

पालिका प्रेस
थप जानकारी