नागरिक विकास कोष र कञ्चनपुर नगरपालिकाको पूर्णागिरी सहरी खानेपानी तथा उपभोक्ता समितिबीच ऋण सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र पूर्णागिरी सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष देवेन्द्रराजा ढुंगानाले हस्ताक्षर गरे ।

भीमदत्त नगरपालिका प्रमुख केशव विष्टको उपस्थितिमा भएको सम्झौताअनुसार कोषले खानेपानी आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि २५ प्रतिशतले हुन आउने ५ करोड ३२ लाख १२ हजार रुपैयाँ ऋण उपलब्ध गराउनेछ । २१ करोड २८ लाख ३८ हजार रुपैयाँ ठेक्कामा निर्माण हुने उक्त आयोजनामा बाँकी रकम सरकारको ७० प्रतिशत अनुदानबापत १४ करोड ८९ लाख ९३ हजार ६ सय, आयोजनाबाट लाभान्वित उपभोक्ताका तर्फबाट ५ प्रतिशतले हुने १ करोड ६ लाख ४२ हजार ४ रुपैयाँ बेहोरिनेछ ।

भीमदत्त नगरपालिकाको वडा नम्बर ७ रहेको आयोजना निर्माणपछि सन् २०२३ सम्म २०३१ घरधुरीका १०,८७६ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । सरकारको छनोटमा परेको आयोजनाले कोषबाट ऋण लिई खानेपानी योजना सम्पन्न गर्नेछ ।

पालिका प्रेस
थप जानकारी