हेटौंडा उपमहानगरपालिकाले राजश्व प्रवर्दनमा घुम्तीटोली परिचालन गरेको छ । त्यही कार्यक्रम अन्तरगत हेटौंडा–१२ मा कार्यक्रम गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले राजश्व सम्वन्धी दर्ता नविकरण लगायतका काम वडा स्तरमानै गर्नका लागि सहजिकरणका लागि यो काम गरिएको बताए ।

उपमहानगरपालिका कार्यालयमै गएर लिनुपर्ने सेवा वडा स्तरमा दिनका लागि वडा–वडामा घुम्तीटोली परिचालन गरिएको मेयर महतले बताए । शिबीरमै एकमैदिन यस क्षेत्रका २० वटा व्यावसाय उपमहानगरपालिकामा दर्ता भएका छन् । हाल सम्म हेटौंडाको वडा नम्बर–३, ११, १२ र १९ मा यो कार्यक्रम भएको छ ।

राजश्वको दायरामा रहेका व्यावसाय तथा सस्थाहरुको दर्ता र नविकरण स्थानीय स्तरमानै गरिदिन लागिएको हो । यसले गर्दा धेरैले स्थानीय स्तरमानै सेवा लिन सक्ने उनले बताए । उपमहानथगरपालिकामा राजश्व संकलनको दायरा पनि बढाउने र राजश्व तिर्नेहरुलाई दिने सुविधामा पनि बृद्धी गर्नका लागि यो कार्यक्रम गर्न लागिएको हो ।

हेटौंडा–११ बाट यो कार्यक्रमको सुरुवात गरिएको हो । यो कार्यक्रम अब भने हेटौंडाको वडा नम्बर– ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालन गर्न बाकी रहेको र अब केही दिनमै सञ्चालन गरिने उपमहानगरपालिका राजश्वशाखाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिए । अहिले भइरहेको राजश्वको दायरा बृद्धी गर्नका लागि यस कार्यक्रमले सहयोग गर्ने छ ।

पालिका प्रेस
थप जानकारी