मकवानपुरको थाहा नगरपालिका लघु उद्यम विकास कार्यक्रम अन्तर्गत हस्तकला तालिम सकिएको छ । नगरको वडा न ११ टिस्टुङमा १५ फागुनदेखि संचालन भएको तालिम २९ फागुनमा एक समारोहकाबीच समापन गरिएको हो ।

तालिममा सहभागीहरुलाई प्रशिक्षक राम कुमार राईले सीप सिकाएका थिए । थाहा नगरपालिका लघु उद्यम विकास कार्यक्रमबाट महिलाहरुले वाँसको मुँडा, फुलदानी, चुरा दानी, मन्दिर, फोटो फ्रेम, घडि र कलम दानी गरि ७ थरिको हस्तकला तालिम लिएका थिए ।

कार्यक्रम वडा न ११ का अध्यक्ष किरणमान वलको सभाध्यक्ष्ताामा समापन गरिएको थियो । कार्यक्रममा विशेष अतिथि चन्द्र बहादुर स्याङ्तान रहेका थिए । नमुना महिला समुहका महिलाहरुलाई दिइएकोे तालिममा आकर्षक बासबाट बन्ने सामान नगरमै उत्पादन हुने वडा अध्यक्ष बलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी