अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खोटाङका स्थानीय तहमा भएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध २४ वटा उजुरी परेको छ ।

खोटाङका १० स्थानीय तहमध्ये रावाबेसी गाउँपालिकामा भएका अनियमितताविरुद्ध पाँचवटा उजुरी परेकामा एक, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चारवटा उजुरी परेकामा एउटा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीनवटा उजुरी परेकामा एउटा फर्स्योट भएको अख्तियारले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा भएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध एक, साकेला गाउँपालिकामा एक, खोटेहाङ गाउँपालिकामा एक, केपिलासगढी गाउँपालिकामा एक र बराहपोखरी गाउँपालिकामा एउटा उजुरी परेको अख्तियार कार्यालय बर्दिबास, महोत्तरीका प्रमुख सहसचिव गोपालकुमार अधिकारीले जानकारी दिए । आयोगका अनुसार त्यी सबै उजुरी फर्स्योट गर्न बाँकी छ ।

पालिका प्रेस
थप जानकारी