हेटौंडा उपमहानगरपालिकाले राजश्व प्रवर्दनमा घुम्तीटोली परिचालन गर्न गरेको छ । यही क्रममा हेटौंडा–१८ हर्नामाडीमा भएको कार्यक्रमको उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले उद्घाटन् गरिन् । यो कार्यक्रमले राजश्व बृद्धीमा सहयोग पुग्ने उनले बताइन् ।

राजश्वको दायरामा रहेका व्यावसाय तथा सस्थाहरुको दर्ता र नविकरण स्थानीय स्तरमानै गरिदिन गरिएको हो । यसले गर्दा धेरैले स्थानीय स्तरमानै सेवा लिन पाएको उपमहानगरपालिका राजश्व साखाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिनुभयो । उपमहानथगरपालिकामा राजश्व संकलनको दायरा पनि बढाउने र राजश्व तिर्नेहरुलाई दिने सुविधामा पनि बृद्धी गर्नका लागि यो कार्यक्रम गरिएको हो ।

हेटौंडा–११ बाट यो कार्यक्रमको सुरुवात गरिएको थियो। यो कार्यक्रम हेटौंडाको वडा नम्बर–३, ५, ६, ७, ८, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालन भएपछी सकिने श्रेष्ठले जानकारी दिए । अहिले भइरहेको राजश्वको दायरा बृद्धी गर्नका लागि यस कार्यक्रमले सहयोग गर्ने छ ।

पालिका प्रेस
थप जानकारी