हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ जम्बोमा श्रीमतीले मादकपदार्थ सेवन गरेर कुटपीट गर्दा श्रीमानको मृत्यु भएको छ । ८ चैत साझ श्रीमान र श्रीमती दुबैले मादक पदार्थ सेवन गरेको र श्रीमतीले घाँटीमा थिचेर कुटपीट गर्दा श्रीमानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

जम्बोमा घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट निजकी श्रीमान ४३ बर्षीय मित्र लाल सुनारको ज्यान गएको उनले बताए । श्रीमतीको कुटाईबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।अनिता विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका प्रेस
थप जानकारी