शहीद सुनिता स्मृति प्रतिष्ठान थाहानगरको आयोजनामा भएको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुनिता स्मृति, मनकामना युवा र चण्डेश्वरी युवा क्लवले विजयी सुरुवात गरेको छ । तत्कालिन जनयुद्धका बेला मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ की सुनिता गोपाली शहीद भएपछि उनको स्मृतिका प्रतियोगिता आयोजना गरिएको हो ।

बज्रवाराही चौरमा १२ चैत्रमा शुरु भएको प्रतियोगिताको थाहानगरका प्रमुख लवशेर विष्टले उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख खड्गबहादुर गोपाली थाहानगर खेलकुद विकास समिति संयोजक राजेस केसी, शहीद सुनिता गोपालीकी आमा मैजुमाया गोपाली नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्ट, माओवादी केन्द्रका प्रदेश सदस्यद्वय इन्द्र बहादुर श्रेष्ठ, विष्णु विष्ट आदर्श, नेपाली काँग्रे्रेस क्षेत्रीय उपसभापति इश्वरी साही ठकुरी, नेकपा एकीकृत समाजवादी थाहा नगर अध्यक्ष सानुकाजी गोपाली नेकपा एमाले वडा न १ का अध्यक्ष गोबिन्द गोपालीलगायतकाको आतिथ्यता रहेको थियो ।

चैत्र १५ सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाइ नगद २६ हजार सहित मेडल तथा प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्ने टिमले १३ हजार रुपैया तथा सान्त्वना हुनेले नगद ४ हजार प्राप्त गर्ने र बिधागत उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

पालिका प्रेस
थप जानकारी