मकवानपुरको थाहा नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक छपाइ सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हान गरेको छ । थाहाले २७ फागुनमा सूचना प्रकाशन गर।ेकोमा पुनः ११ चैतमा म्याद थप गरेको हो । पालिकाले २७ फागुनमा १५ दिने म्याद राखेर सूचना प्रकाशन गरेको थियो भने ११ चैतमा ७ दिन म्याद थपेर सूचना प्रकाशन गरेको शिक्षा शाखाले जनाएको छ ।

सूचना अनुसार मान्यता प्राप्त फर्म/कम्पनीहरुबाट सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही रितपुर्वकको सिलबन्दी दरभाउपत्र आव्हान गरेको छ । सूचनामा विभिन्न १२ वटा शर्तहरु राखिएको छ । पुस्तकको गुणस्तर परीक्षण भएपछिमात्र रकम भुक्तानी हुने र यस्तो गुणस्तर परीक्षण सम्बन्धित फर्मले परीक्षण गरी पेश गरे पश्चात् मात्र भुक्तानी हुने सम्मको शर्तहरु राखिएको छ । नै गरी गुणस्तर प्रमाण पेश गर्नु पर्ने छ ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी