मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् ।

उनले मकवानपुरको मकवानपुरगढी गाउँपालिका, पाँच हजार ३ घरधुरी, २५ हजार १०५ जनसंख्या भएको पर्यटकीय तथा ऐतिहासिक मकवानपुरगढी गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सुचक र मापदण्डहरु पुरा गरेको हुदाँ वडा नम्बर एक देखि आठ सम्म र सिंगो गाउँपालिकालाई नेपालको चौथो तथा ५१ सुचकमा नेपालको दोस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका भन्दै बालमैत्री गाउँपालिका घोषणा गरे ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा सबैवडालाई ताम्रपत्र प्रदान गरिनुका साथै गाउँपालिकाका पूर्व जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनैतिक व्यक्तित्व तथा बालमैत्री घोषणा अभियानका विभिन्न सामाजिक तथा गैरसरकारी संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधान सभा सदस्य प्रह्लाद लाछिाने, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, गाउँपालिका स्तरीय बालसंजालका अध्यक्ष विशाल तिमल्सिना, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे लगायत सामाजिक संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।

वडा नम्बर ५ मा रहेको खेलमैदानमा भएको घोषणा सभा कार्यक्रममा सिमलटार र भालुखोला क्षेत्रबाट हजारौं संख्यामा पञ्चेबाजा, खैजडी भजन, तामाङ समुदायका झाँकीहरुको साथमा विभिन्न सहकारी, वन समूह, युवा क्लब, विद्यालय,टोल विकासबाट बालमैत्री सम्बन्धी नारा लगाउदैं ¥याली निकालिएको थियो ।

घोषणा सभामा राष्ट्रिय कलाकार निशान भट्टराई, स्वातिका ढकाल, प्रकाश तामाङ तितुङले आफ्नो सांगीतिक प्रस्तुति दिनुका साथैं विद्यालयका बालबालिकाले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी