मकवानपुर थाहा नगरपालिकाको वाराहीचौरमा भएको शहीद सुनिता स्मृति जिल्लास्तरीय भलिबलको उपाधी आयोजक सुनिता स्मृति प्रतिष्ठानले हात पारेको छ । उपाधी जितेसंगै बिजेता टिमले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । आयोजक सुनिता स्मृतिले तलेजु युवा क्लब चित्लाङलाई पराजित गरेको हो ।
उपबिजेता तलेजुले नगद २६ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने तेस्रो हुने आग्रा स्पोर्ट्सले १३ हजार र सान्त्वना हुने कोटडाडा युवा क्लबले नगद ५ हजार नगद पुरस्कार पाएको छ । प्रतियोगितामा आयोजक टिमका वेस्ट सटर बलराम सुवेदी घोषित भए । आयोजक टिमकै राजकुमार कर्मचार्य बेस्ट बल्कर भ एभने बेस्ट स्पाइकर तलेजु युवा क्लबका मनिष तामाङ, बेस्ट डिफेन्स पनि तलेजुकै बुद्धि दंगााल र उदयिमान खेलाडी कोटडाडा युवा क्लबका आकास कर्मचार्य भएका छन् ।
विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथी तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान र थाहा नगरपालिकाका उपप्रमुख तथा विशेष अतिथी खड्गबहादुर गोपाली रहेका थिए । १२ चैतबाट संचालन भएको प्रतियोगितामा मकवानपुरका १२ वटा टिमको सहभागिता रहेको थियो । सहिद सुनिता गोपालीको ४० औ जन्मजयन्तीको अवसरमा भएको हो ।
प्रतियोगिताको समापन समारोह प्रतिष्ठानका अध्यक्ष सुवर्ण गोपालीको सभाध्यक्षतामा भएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्