मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ का रुशभ विष्ट ५ वर्षका भए । उमेरले उनी विद्यालय भर्ना भैसक्नु पर्ने हो । तर, विद्यालय जान सकेका थिएनन् । कारण उनको दायाँ खुट्टै छैन । जन्मँदै दायाँ खुट्टामा पानीको पोका जस्तो देखापरेपछि आमा ममता गुरुङ (विष्ट)ले उपचारका लागि अस्पताल पु¥याइन् । डाक्टरले छिटै निको हुने आवश्वासन दिएपछि घर फर्किइन् । छोरा रुशभको व्यथा झन बल्झँदै गएपछि केही महिना नबित्दै उनको खुट्टा काट्नु पर्ने भयो । र, रुशभ बामे नसर्दै दायाँ खुट्टा गुमाउन पुगे ।

रुशभ विष्ट

निकै टाठा रुशभ पढ्न विद्यालय जान उल्कै रहर गर्थे, तर हिँड्न सक्दैन थिए । अब उनको सपनाले गति लिने भएको छ । रुशभले कृत्रिम खुट्टा पाएका छन् । थाहा नगरपालिका महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाको सहयोगमा उनले खुट्टा पाएका हुन् । घस्रिँदै जीवनशैली चलाउँदै आएका रुशभले सहायोग सामाग्री वितरण भएकै ठाउँ विकास घर शिखरकोटमै ठमठमी हिँडेको जब महशुस गरे उनको खुशीको सीमा रहेन । रुशभको खुशी र विद्यालय पढ्न जाने योजना सुनेर सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख लवशेर विष्ट र अतिथीहरुलाई समेत भावुक बनायो । जनप्रतिनीधिहरुले पालिकाबाट साँच्चै नागरिकमुखी कार्यक्रम स्वीकृत गरेको अनुभव गरायो । अब रुशभले विद्यालय जाने योजना बनाइसकेका छन् । उनको आमा ममताले वैशाखमै विद्यालय भर्ना गरिदिने सुनाइन् । छोराको भविष्य कोर्न सहयोग गर्ने थाहा नगरपालिकालाई ममताले धन्यवाद दिइन् ।

पुस्कल थापा

रुशभ जस्तै थाहा नगरपालिका वडा नम्बर ८ का पुस्कल थापाले पनि पालिकाबाट कृत्रिम खुट्टा सहयोग पाएका छन् । ‘ऊ बेला खासै चप्पल लगाउन चलन थिएन, झसक्क भएको निहुँमा खुट्टा गुमाएँ, अहिले थाहा नगरपालिका मेरो सारथि भयो, पहिले झै हिँड्न सक्छु’–थापाले भने । गुमाएको खुट्टा कित्रृम रुपमै पाउँदा पनि थापा निकै खुशी भएका छन् । उनी भन्छन्–‘ठमठमी हिँड्ने मात्र होइन, पोकापाकी सामान पनि बोक्न सक्ने भएको छु ।’ उनको पनि दायाँ खुट्टा गुमेको थियो ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री वितरण कार्यक्रम राखेको थियो । यस अन्तर्गत अपाङ्ग सरोकार समितिसंगको सहकार्यमा कृत्रिम खुट्टा २ जनालाई, अर्थाे जुत्ता १ जनालाई, वैशाकी १३ जनालाई, १० जना दृष्टिविहिनलाई सेतोछडी, ह्विलचियर २ जनालाई वितरण गरिएको महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् ।

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा विकास घर शिखरकोटमा भएको सहायक सामाग्री वितरण कार्यक्रममा थाहानगर अपाङ्ग समन्वय समितीका अध्यक्ष मनलाल गोपाली, चितवन अर्थोपेडिक अस्पतालका डाक्टर विष्णु प्रसाद अधिकारी, सामाजिक विकास समितीका सदस्य जानुका ढकाल, कार्यपालिका सदस्य कबिता कार्की, थाहा–४ का कार्यवाहक अध्यक्ष अध्यक्ष नारायण लामा तथा महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानलगायतकाको उपस्थिती रहेको थियो ।

सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख लवेर विष्टले अपांगता भएको नागरिकको सामाजिक सुरक्षाबाट नगर कहिल्यै नपन्छिने प्रतिवघता व्यक्त गरे । फरक क्षमता भएका नागरिकको आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले लिनुपर्ने बताए । उनले भने–‘नागरिकको पहुँच हुने र नजिकको सरकार हामी हौं, त्यसैले तपाईहरुलाई हामी सहयोग गर्छौ ।’ सामाजिक विकास समितिको संयोजक किरणमान बलले अपाङ्गता भएको ब्यक्तिको लागि नगरपालिकाद्वारा सिपमुलक तथा आयमुलक तालिमको ब्यबस्था गर्नुपर्ने बताउदै आफ्नो कार्यकालमा यस्ता कार्य गर्न नसकेपनी अब नयाँ आउने जनप्रतिनिधिलाई सो कार्य गर्न आग्रह गरे ।

सामाजिक विकास समितिका संयोजक किरणमान बलको सभाध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका ब्यक्ती तथा उनिहरुका परिवारहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी