हेटौंडा उपमहानगरपालिका क्षेत्रका बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुका लागि ल्याइएको अवकास योजनाको कार्यबिधि अनुसार १४ जना शिक्षकलाई स्वणिम अवकास दिइने भएको छ । शिक्षकहरुले दिएको निवेदनका आधारमा प्राथमिकताका साथ स्वणिम अवकास योजनाबाट बिदाई गर्न लागिएको मेयर हरि बहादुर महतले बताए ।

उनीहरुले दिएको निवेदनका आधारमा बढीमा पाँच लाख रुपैयाँ सम्म एक जना शिक्षकले रकम प्राप्त गर्नेछन् । लामो समय अवधि सम्म शिक्षकका रुपमा कार्यरत रहेको र अबकास पाएका शिक्षकहरुलाई स्वणिम अबकास योजनामा रकम दिएर बिदाई गरिने मेयर महतले बताए । यस काम अन्तरगत अब शिक्षकको खातामा रकम बितरण मात्र गर्न बाँकी रहेको र यो छिट्टै रकम निकासा गरिने उनले बताए ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका बिद्यालयहरुमा अध्यापन गराउँदै आएका शिक्षकहरुले मासिक रुपमा तलब पाउन थालेका छन् । पहिले चार चार महिनामा मात्र तलब लिदै आएको भएपनि अहिले भने मासिक रुपमा तलब दिने व्यवस्था गरिएको महतले बताए । बिद्यालयबाट शिक्षकलाई तलब माग भएबमोजिम अहिले भुक्तानी हुँदै आएको उनले बताए ।

पालिका प्रेस
थप जानकारी