मकवानपुर थाहा नगरपालिकाको लघुउद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा अचार बनाउने सीप सम्बन्धी तालिम भएको छ । स्थानीय स्तरमा उत्पादन हुने तरकारीहरुको सदुपयोग गर्ने र स्वरोजगार बनाउने उद्देश्यले अचार बनाउने तालिम भएको हो ।

तालिममा सुनौलो लघुउद्यमी समूहका १० जना महिलाहरु सहभागी भएको लघुउद्यम सहजकर्ता सुनिता बुढाले जानकारी दिइन् । सहभागीहरुलाई ज्योति गिरीले तालिम दिएकी हुन् । सहभागी महिलाहरुलाई काउली, बन्दा, मूला, गाजर, कागती, अकबरे खुर्सानी, माछे खुर्सानी, मासु, मेथी, लसुन, मिक्स लगायत ११ किसिमको अचार बनाउन सिकाइएको लघुउद्यम सहजकर्ता मायाँ पाण्डेले जानकारी दिइन् ।

सीप सिकेपछि सहभागीहरुले प्रयोगात्मक अभ्यास गर्दै अचार बनाएर चखाएका थिए । तालिम समापन कार्यक्रम वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा भएको थियो । तालिमपछि अध्यक्ष गोपालीले सीप विकास र स्वरोजगार हुने अवसरको शुभारम्भ भएको प्रतिक्रिया दिए ।

पालिका प्रेस
थप जानकारी