मकवानपुरको थाहा नगरपालिकाको पञ्चकन्या आधारभूत विद्यालयले प्रिन्टर र कम्युटर सहयोग पाएको छ । नेपाली काँग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले ८ नम्बर वडाको ऐसेलुखर्कमा रहेको उक्त विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर हस्तान्तरण गरिएको हो । हेटौंडामा २८ चैतमा विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

नेता पराजुलीले विद्यालयमा कम्युटर शिक्षासँगै विद्यालयको अभिलेख राख्न सहयोग पुगोस् भनेर सहयोग गरेको जानकारी दिए । प्रिन्टर र कम्युटर हस्तान्तरण कार्यक्रममा काँग्रेस प्रदेश सभा १ (ख) का क्षेत्रीय सभापति खड्ग गोपाली, काँग्रेस थाहानगर समितिका सभापति प्रमोद जोशी र थाहा नगरपालिका वडा नम्बर ८ इकाइ सभापति रामकुमार घलानको उपस्थिति रहेको थियो ।

विद्यालयमा ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

पालिका प्रेस
थप जानकारी