वृक्षाराेपन कार्यक्रम ।

मकवानपुर थाहा नगरपालिकाको दामन र टिष्टुङमा रहेको वनस्पती उद्यानमा वनस्पती विभागको ६२ औं वार्षिकोत्सव तथा २३ औं वनस्पती दिवस मनाइएको छ । वनस्पति दिवसको पूर्व सन्ध्यामा पर्वतीय वनस्पति उद्यान दामन र वनस्पती उद्यान टिष्टुङमा सचेतनामुलक छलफल तथा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

टिष्टुङमा आयोजित कार्यक्रम ।

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख तथा वरिष्ठ बैज्ञानिक रघुराम पराजुलीको विशेष उपस्थितीमा दामनमा रहेको उद्यान र टिष्टुङ उद्यानमा कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा उद्यान क्षेत्रमा वृक्षारोपन समेत गरिएको छ ।

टिष्टुङमा आयोजित कार्यक्रम ।

मकवानपुरमा बृन्दावन पदमपोखरी, पर्वतीय वनस्पती उद्यान दामन र वनस्पती उद्यान टिस्टुङ गरी तीन वटा उद्यान रहेका छन् । दामन उद्यान ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ दुर्लभ र लोपोन्मुख जडिबुट्टि तथा वनस्पतीहरु संरक्षण गरिदै आएको छ । दुईवर्ष अघि मकवानपुरमा वनस्पती अनुसन्धान प्रमुख भएर आएका पराजुलीले दुर्लभ भोटेलहरा मकवानपुरमै फेला पारेर नयाँ रेकर्ड कायम गरेका थिए । पराजुलीले वनस्पती संरक्षण, अनुसन्धान तथा यसलाई पर्यटन प्रवद्र्धनसंग जोडिने विभिन्न महत्वपूर्ण योजना कार्यान्वयन गर्दै आएका छन् ।

दामनमा आयोजित कार्यक्रम ।

पालिका प्रेस
थप जानकारी