मकवानपुरको थाहा नगरपालिका थानाबजारमा रहेको ग्रामीण पर्यटन व्यवसायिक सहकारी सस्थाको १२ औ साधारणसभा भएको छ। कार्यक्रम सहकारीको प्राङ्गणमा भएको हो । सहकारीका अध्यक्ष शिवहरि बर्तौलाको सभाध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि सोही सहकारीका निवर्तमान अध्यक्ष निरन्जन अधिकारी रहेका थिए ।

सहकारीका सचिब प्रदिप केसीले सस्थाको कारोबार १ करोड ४४ लाख पुगेको बताए । शेयर रकम ४५ लाख ८३ हजार ऋण लगानी ९५ लाख ७५ हजार तथा बैंक मौज्दात ३१ लाख ३७ हजार रहेको उनले प्रतिवेदन मार्फत सभामा जानकारी गराए । सहकारीले हाल थाहानगर र इन्द्रसरोवरको मार्खुमा आफ्नो सदस्यहरुलाई सेवा दिदै आइरहेको छ । सहकारीमा हाल ६ सय ५० सदस्य रहेका छन् ।

साधारण सभामा शिखर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष मधुसूदन बिष्टको विशेष आतिथ्यता रहेको थियो भने सहकारीका सस्थापक अध्यक्ष सिताराम अधिकारी, प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारी ,सस्थापक उपाध्यक्ष प्रेम कुमार केसी, सस्थापक कोषाध्यक्ष इन्द्रध्वज अधिकारी, लेखा समिती संयोजक गणेश लामा, ऋण उपसमिति सदस्य राजाराम रायमाझी, लेखासमिती सदस्य मिठ्ठु अधिकारी सस्थाका कोषाध्यक्ष सानुनानी अधिकारी, सदस्य अशोक खाती, दुर्गा केसी, व्यवस्थापक सरोज अधिकारी, लगायतका उपस्तिथि रहेको थियो। सभाले संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ ।